हेर्नुहोस तपाइको दैनिक राशिफल ,मिति २०७३ साल फागुन ३ गते मंगलबार,२०१७ फेब्रुवरी १४ तारिख
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परोपकारको क्षेत्रमा समय ब्यतित हुनेछ । कुरा काट्ने ब्याक्तिहरुबाट बच्नु पर्ने छ । आफन्त जनहरुको भेटघाटले समान्य खर्च हुनेछ । कार्यमा सामान्य ब्यबधान आईपर्ने सक्छ । यात्रा झन्झटमय रहने योग छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मानसिक नैरस्यताले सताउन सक्ने छ । बौद्दिक क्षेत्रको कार्यक्रममा सहभागीता हुने योग रहेको छ । आम्दानि भने मध्यम रहने छ । स्वास्थ्य सम्बन्धी समस्याले गर्दा सामान्य खर्च हुन सक्ला । दिन मध्यम छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो पराक्रममा बृद्दी हुने योग रहेको छ । अवरोधका साथै कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले पनि अप्ठ्यारोमा परिएला। आर्जित धन खर्च हुन सक्छ। पहिलेको समस्याले केही झमेला निम्त्याउन सक्छ। योजना कार्यान्वयनमा ल्याउन समस्या आइपर्ला। अधिकार सुरक्षा गर्न समेत जुट्नुपर्ला। धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे भोजन प्राप्तिको योग रहेको छ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो शारिरिक आलस्यताले सताउन सक्छ । सहयोगीहरूले साथ दिनेछन्। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते नयाँ लगानीमा हात नहालेकै बेश हुन्छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु निर्णय गर्ने क्षमतामा बृद्दि हुन्छ । पढाइमा पनि राम्रै प्रगति होला। उठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। साथीभाइको सहयोग जुट्नाले दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा प्रशस्त फाइदा हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन पनि सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे उत्साह पूर्ण ढङ्गले कार्य सम्पादन हुनेछ । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ। वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा कमै फाइदा हुनेछ। मेहनत गर्दा दैनिकीमा सुधार आउन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि भाग्योदयका निम्ति धेरै संघर्ष गर्ने पर्ने समय रहेको छ। व्यावसायमा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। तापनि नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। सेवामूलक काममा जुट्नेहरूलाई भने फाइदै हुने समय छ। मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द मनको चन्चलताले कार्य क्षेत्रमा सामान्य ब्यबधान आउन सक्छ । काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। तापनि, समस्याले परिस्थितिसँग जुध्न सिकाउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि भोग विलासको क्षेत्रमा समय ब्यतित रहला । विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

0 comments
Write Down Your Responses