• HOME
  • NEWS
  • ENTERTAINMENT
  • FINANCE
  • SPORTS
  • LITERATURE
  • ARTICLES
  • MOVIE
  • FASHION
Exchange Rate for 17 February, 2017

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
  U.S. Dollar
1
106.80
107.40
  European Euro
1
113.64
114.27
  UK Pound Sterling
1
133.61
134.36
 Swiss Franc
1
106.65
107.25
  Australian Dollar
1
82.37
82.83
 Canadian Dollar
1
81.94
82.40
  Singapore Dollar
1
75.33
75.75
 Japanese Yen
10
9.40
9.45
 Chinese Yuan
1
15.58
15.66
  Saudi Arabian Riyal
1
28.48
28.64
  Qatari Riyal
1
29.33
29.49
  Thai Baht
1
3.05
3.07
  UAE Dirham
1
29.08
29.24
  Malaysian Ringgit
1
23.97
24.11
  South Korean Won
100
9.38
9.43
 Swedish Kroner
1
12.01
12.08
  Danish Kroner
1
15.28
15.37
  Hong Kong Dollar
1
13.76
13.84
  Kuwaity Dinar
1
349.75
351.71
  Bahrain Dinar
1
283.32
284.91

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिको रूपमा सत्कार पाइएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मनग्य धनलाभ हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो हिम्मतले काम बनाउन सकिनेछ। यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह अध्ययनमा पछि परिनेछ भने व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। स्वास्थ्यमा देखिएको कमजोरीले आँटेका काममा बाधा उत्पन्न होला। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न मुस्किल पर्ला। अप्रिय समाचारले मन दुःखी बनाउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो बेसुरमा गरिएका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूको भरपर्दा दु:ख पाइनेछ। परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। घर–गृहस्थीमा समस्या आउने देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे प्रशस्त धन आर्जन गर्ने मौका छ। केही समय पर्खिएर अघि बढ्दा फाइदा हुने देखिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो समयमा आँट गर्न नसक्दा फाइदा कममात्र हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। आफ्ना कामजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिएलान् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउला। विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु समयमा होश नपुग्नाले फजुल खर्च बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि बिस्तारै अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। तापनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा काममा अवरोध आउला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। तत्काल लाभ नभए पनि मेहनत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। आफू विरुद्धको रहस्य बाहिर आउनेछ।
चन्द्रौटा । छिमेकीकै अबोध बालिकाको करणीपछि हत्या गर्ने हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १०, प्रगतिटोल ‘बी’ बस्ने विनय कुँवरका १९ वर्षीय छोरा भिमबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । हत्यारा कुँवरले बालिकालाई जबरजस्ती
करणी गरी कर्तब्य ज्यान लिएको स्वीकार गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ ।गत फागुन २ गते साँझ साढे ७ बजे छिमेकी भिमबहादुर कुँवरको घरबाट पिठो लिई आमालाई दिएर बाहिर खेल्न गएपछि फर्केर नआएको प्रहरीको पारिवारिक स्रोतलाई उदृत गर्दै प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा पनि फेला नपरेको तर विहान साढे ६ बजेको समयमा बालिका जवई खोलामा तैरिरहेको मृत फेला परेको प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो । बालिकालाई ललाई फकाई लगेको र खोला किनारमा राति करणी गरी मुख थुनेर हत्या गरी पानीमा शव फेला परेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।
 घटनाको गहन अनुसन्धान र संकलित सूचनाको आधारमा छिमेकी बिनय कुँवरका छोरा भिमबहादुर कुँवरलाई शब फेला परेको ३ घण्टामै पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐन जबरजस्ती करणी तथा ज्यान सम्बन्धी महल अनुसार जिल्ला अदालत कपिलवस्तुमा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यसअघि गत माघ २६ गते पकडीमा ५ जना युवाहरुले सामुहिक बलत्कार गरीएको घटना संलग्नमध्ये पक्राउ परेका दुई अभियुक्तलाई समेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो । यसैबीच जिल्लामा एक साता यता दुईवटा जबरजस्तीकरणीका घटना सार्वजनिक भएपछि जिल्लाका अधिकारकर्मी आन्दोलित भएका छन् । आन्दोलित अधिकारकर्मीले महिला सुरक्षाको माग र जबरजस्ती करणी समबन्धी कानुनमा हदैसम्म कारबाहीको मागका लागि ऐन परिमार्जनको माग गर्दै आन्दोलनमा उत्रिए । जिल्ला सदरमुकाम तौलिहवाको गौढीचौकदेखि प्रशासन चौकमा पुगेर प्रशासन गेटमा नाराबाजी गरेका थिए । आन्दोलित अधिकारकर्मीले प्रजिअ बिष्णुप्रसाद ढकाल मार्फत महिला सुरक्षा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझदै प्रजिअ ढकालले प्रहरीले अनुसन्धान र कारवाही अगाडि बढाएको बताउँदै दोषीले उन्मुक्ति नपाउने प्रतिबद्धता जनाएका थिए ।-नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
एजेन्सी । च्यात्तिएको छालालाई निको पार्ने घरेलु उपायहरू
:१. चिनी २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्नुहोस्। त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्नुहोस् र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्नुहोस्। १० मिनेटपछि त्यसलाई पखाल्नुहोस्। यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जान्छ।
२ .आलु आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ। यसमा भएको भिटामिन(ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ। त्यसैलेस आलुलाई काटेर मोटो चिरा बनाउनुहोस्। त्यसलाई दागमा दल्नुहोस्। केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्नुहोस्। दाग नहराउञ्जेल नियमित यो विधि अपनाउनुहोस्।
३. सुपारी सुपारीमा प्रशस्त भिटामिन(ई पाइन्छ। यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ। त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस्। ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस् र त्यसको बाक्लो पेस्ट बनाउनुहोस्। त्यो पेस्टलाई शरीरको कुनै पनि अङ्गमा भएको घाउचोटको दाग, च्यात्तिको छालाको दाग, पोलेको घाउको दाग लगायत अन्य खतमा लेप्नुहोस्। राति यसको लेप लगाएर विहान उठेर पखाल्नु उचित हुन्छ। खत नहराउञ्जेलसम्म यो विधि अपनाउनुपर्दछ।
४. घिउकुमारी घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो। यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सक्नुहुन्छ भने दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुहोस्। यसले रक्तचाप नियन्त्रण गर्नुको साथै अम्लपीत्त, पत्थरी, बाथ लगायत अन्य घातक रोगबाट छुट्कारा प्रदान गर्न सक्छ। त्यसलगायत च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउनुहोस् र १०र१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नुहोस्।
५. अण्डाको सेतो भाग उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ। यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्धि हुन छाडेको कोषलाई सक्रिय बनाउँदछ र छाला पुर्रिँदै जान्छ।
कैलाली ।सँगै बाँच्ने सँगै मर्ने कसम खाएर विवाह गरेका श्रीमानले २ महिनामै आफ्नो हत्या गर्ला भनेर कुन श्रीमतीले कल्पना गर्न सक्ला र ? तर, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी १६ वर्षीया अञ्जली सिंह यस्तै अपत्यारिलो तीतो स्वीकार्नु प¥यो । २ महिना अघि विहे गरेर भित्र्याएका २२ वर्षीय श्रीमान् हिम्मत सिंहले अञ्जलीको
विश्वास यही तोडिदिए । जस्को कारण अञ्जली अब यो दुनियाँमा रहिनन । श्रीमतीको चरित्रमाथि शंका गरेर आफुले जघन्य अपराध गरेको हिम्मतले प्रहरी समक्ष स्वीकार गरेका छन् ।गत पुष ८ गते प्रेम विवाह गरेको यी जोडीको २ महिना नपुग्दै श्रीमती महिनावारी नभएपछि अरु कसैको गर्भ रहेको आशंकामा हत्या गरेको अभियुक्त हिम्मत सिंहले बताएका छन् । उनले योजनाबद्ध ढंगले २८ गते राति साढे एक बजे अञ्जली सुतिरहेको अवस्थामा घाँटीमा डोरीले बाधेर हत्या गरेपछि नजिकै रहेको खोलामा लगेर खाल्टोमा पुरेका प्रहरीसमक्ष बताएका छन् । अभियुक्तलाई जन्म कैदको माग गर्दै मृतक अञ्जलीका आफन्तले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा नारावाजी गरेका छन् । निकै मिलनसार तथा कसैसंग नराम्रो ब्यवहार नगर्ने अञ्जलीको हत्या गरेको आरोप लागेका श्रीमान सिंहलाई जन्म कैदको सजाय हुनु पर्ने उनिहरुको माग छ । आर्थिक अवस्था कमजोर भएका कारण छोराछोरीको खर्चका लागी भारतमा रोजगारी गर्दै आएकी मृतक अञ्जलीकी आमा सरिता सिंहले घटनामा परिवारका अन्य सदस्यको समेत हात रहेको दाबी गरे । उनले श्रीमान् वितेको १ बर्ष नपुग्दै छोरीको हत्या गर्ने अपराधीलाई सजायको माग गरेका छन् । माघ २७ गतेवाट छोरी बेपत्ता रहेकोले खोजी गरिदिन युवती पक्षवाट बुधवार नै जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो । लगत्तै थालिएको अनुसन्धानका क्रममा युवतीको शव हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर गारिडएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । हिक्मत सिंहले नशाको सुरमा आफूले हत्या गरेर गाडेको बयान दिएपनि प्रहरीले यसको गहिराईमा पुगेर अनुसन्धान गर्न जरुरी रहेको सरोकारबालाहरुले बताएका छन् ।
यो कुरा सुन्दा जति अनौठो लाग्दछ, पत्याउन पनि उत्ति नै मुस्किल पर्छ । फिल्म तथा कथाहरुमा त भूतका किस्साहरु खुबै हेर्नुभएको तथा सुन्नुभएको होला । तर वास्तविक जिवनमै भूतले केटीलाई केटा बनाइदिएको घटना यदि सुन्नुभयो भने !बंगलादेशमा हालै एउटा यस्तै अपत्यारिलो घटना सार्वजनिक भयो । बंगलादेशी भूत मान्छेको लिंग परिवर्तन गरिदिन समेत माहिर रहेछ । एक बालिकाको परिवारको दाबी पत्याउने हो भने भूतले ती बालिकालाई बालक बनाइदियो ।
बंगलादेशको एक दुर्गम गाउँमा रहेको एउटा परिवारले गाउँभरी यस्तो अफवाह फैलायो की घरकी एउटी छोरीलाई भुतले छोरो बनाइदियो । अझ रोचक त के भने उक्त परिवारले आफ्नो दाबी प्रमाणित गर्नका लागि छोरीको जिउमा नक्कली लिंग पनि टाँसिदिए ता की गाउँलेहरुले पत्याउन् र बेवकुफ बनुन् । हल्ला फैलिएसँगै भुतले केटा बनाइदिएको भनिएकी ती बालिकालाई हेर्न गाउँलेहरुको भीड नै लाग्यो । जब पुलिसले त्यो कुरा थाहा पायो त पुलिसलाई शंका लाग्यो । पुलिसले ती बालिकालाई लिएर अस्पताल गयो । अस्पतालमा ती बालिकाको चेकअप गर्दा त सबै अचम्ममा परे । ती बालिकालाई भुतले लिंग परिवर्तन गरिदिएको नभै उनकै बाउआमाले उनको कम्मरमा नक्कली लिंग टाँसिदिएका रहेछन् । यस्तो अफवाह फैलाउने उक्त परिवारका ३ सदस्यलाई पुलिसले पक्राउ गरेको छ । एजेन्सी
पोखरा – डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई करोडको घर गुमाएका छन् । दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर किनेका थिए । तर, रातारात करोडौँ कमाउन खोज्दा एकैपटक उनको वर्षाैँको कमाइ गुमेको हो । ८६ करोड रुपैयाँको चिट्ठा परेको भन्दै एक युवकले उनको एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । उनको दुई करोड पर्ने घरसमेत अर्कैको हातमा पुगेको छ ।
लमजुङ घर भई महाराजगन्ज बस्ने सोयम (यमराज) गुरुङले आफूलाई ८६ करोडको चिट्ठा परेको र त्यसको ३५ करोड रुपैयाँ दिने भन्दै उनको घरसमेत बेच्न लगाएर एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । सोयमलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । वृत्तका प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार सोयमले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको भन्दै भ्रममा पारेर ठगी गरेका हुन् । अमेरिकाको अन्तर्राष्ट्रिय फेसन डिजाइनसम्बन्धी प्रतिस्पर्धामा आफू प्रथम भएको र ८६ करोड रुपैयाँ आउने भन्दै सोयमले बेलबहादुरलाई झुक्याएका थिए । सो पैसा नेपाल ल्याउन आफूलाई खर्च अभाव भएको भन्दै नाटकीय शैलीमा सोयमले ठगी गरेका हुन् । सोयमले दुई करोड सहयोग गरे ३५ करोड रुपैयाँ दिने बताएपछि बेलबहादुर लोभिएका थिए । सोहीअनुसार पोखरास्थित दुई करोड पर्ने घर गत असोजमा बिक्री गरी बेलबहादुरले सोयमलाई पैसा दिएका थिए । तर, सोयमले चिट्ठा परेर फेसन डिजाइनको प्रतिस्पर्धा जितेको कुरा गलत भएको र पैसा पनि फिर्ता नगरेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् ।
दुई साताअघि सोयमलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए ।फेसबुकको चिनजानले बिचल्ली बेलबहादुर र सोयमबीच करिब ६ महिनाअघि फेसबुकमार्फत चिनजान भएको थियो । चिनजानका क्रममा सोमयले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको बताउँदै प्रभावमा पारेका थिए । उनको फेसबुक प्रोफाइलमा पनि त्यही कुरा उल्लेख थियो । प्रहरीका अनुसार दुईजनाबीच च्याटमा बारम्बार गफ हुन थाल्यो । सोयमकै प्रस्तावमा गत भदौमा बेलबहादुर नेपाल आए । उनलाई भेट्न सोयम पोखरा नै गए । आफू फेसन डिजाइनसम्बन्धी कार्यक्रममा भाग लिन जान लागेको र थोरै पैसा नपुगेको भन्दै दुई लाख रुपैयाँ लिए । त्यसरी विभिन्न बहानामा उनले ४२ लाख रुपैयाँ हात पारे ।
 पैसा नपुग्दा चिट्ठाको पैसा आउन ढिला भएको भन्दै पछि सोयमले बेलबहादुरसँग दुई करोड मागेका थिए । तर, बेलबहादुरसँग त्यति पैसा थिएन । चिट्ठाको ३५ करोड दिने बताएपछि उनले घर नै बिक्री गरेर सोयमलाई पैसा दिए । पैसा दिएको एक महिनापछि ३५ करोड रुपैयाँ खातामा आउने भनेर उनले विश्वस्त बनाएका थिए । एउटै बैंक खातामा त्यति धेरै पैसा नआउने भन्दै पाँचवटा बैंकमा खाता खोल्न लगाएर नाटक गरेका थिए । ३५ करोड खातामा आएपछि मात्र सबैलाई सरप्राइज दिन भन्दै उनले यसबारे कसैलाई जानकारी दिएका थिएनन् । तर, एक महिना होइन दुई महिना कुर्दा पनि पैसा आएन । त्यसपछि बेलबहादुरले सोयमलाई दबाब दिन थाले । पछि बुझ्दा सोयम अन्तर्राष्ट्रिय फेसन डिजाइनर पनि नभएको र ८६ करोडको चिट्ठा पनि नपरेको खुलेपछि उनले पैसा मागे । तर, सोयमसँग पैसा थिएन । त्यसपछि उनी प्रहरीमा गएका हुन् । पक्राउ परेपछि सोयमले आफूले पैसा लिएको स्विकारेका छन् । २४ वर्षीय सोयमले धेरै नाटकीय शैली अपनाएर बेलबहादुरलाई प्रभावमा पारेको प्रहरीले जनाएको छ । पैसा लिएको प्रमाणसमेत नराखी उनले ठगी गरेका थिए । बेलबहादुरसँग लिएको पैसामध्ये केहीबाट सोयमले महाराजगन्जमा बुटिक पसल खोलेका थिए । ५० लाख बेलायत पठाएको उनले बताएका छन् । ५० लाख बुटिकमा लगानी गरेको र बाँकी अन्यत्र खर्च भएको बयान सोयमले दिएका छन् । व्यवसाय गर्ने पैसाका लागि आफूले चिट्ठा परेको भनेर नाटक गरेको उनले बताएका छन् । ठगी गरेर उनी बेलायत भाग्न खोजेको प्रहरी अनुसन्धानमा खुलेको छ ।स्रोत- नयाँ पत्रिका
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परोपकारको क्षेत्रमा समय ब्यतित हुनेछ । कुरा काट्ने ब्याक्तिहरुबाट बच्नुपर्ने छ । आफन्त जनहरुको भेटघाटले सामान्य खर्च हुनेछ । कार्यमा सामान्य ब्यबधान आईपर्न सक्छ । यात्रा झन्झटमय रहने योग छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मानसिक नैराश्यताले सताउन सक्ने छ । बौदिक क्षेत्रको कार्यक्रममा सहभागिता हुने योग रहेको छ । आम्दानी भने मध्यम रहने छ । स्वास्थ्य सम्बन्धी समस्याले गर्दा सामान्य खर्च हुन सक्ला । दिन मध्यम छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह मातृपक्षको साथसहयोगले कार्य सम्पादनमा सहज मिल्ने छ । कडा मेहेनत पश्चात सामान्य धवागमको योग रहेको छ । पारिवारिक प्रशन्नताका निम्ति समय ब्यतित रहन सक्ने छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो पराक्रममा बृदि हुने योग रहेको छ । आँटशाहसको कारण रोकिएका काममा सफलता प्राप्त हुनेछ । यात्रा फाईदाजनक रहने छ । प्रतिपक्षहरु कमजोर रहनाले तपाइको कार्य सहजतापूर्ण पुरा हुनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे भोजन प्राप्तिको योग रहेको छ । चिसो सम्बन्धि समस्याले सताउला । कुल कुटुम्बहरुको साथ सहयोग प्राप्त हुनेछ । सामान्य धनमालको क्षति हुने योग रहेको छ । आजको लगानि भोलीलाई फाइदाजनक रहने छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो शारिरीक आलस्यताले सताउन सक्छ । कार्य सम्पादनमा सामान्य झन्झट आईपर्न सक्ने छ । प्रेम सम्बन्धमा सुधार आउन सक्ने सम्भाबना रहेको छ । प्रतिपक्षहरु सबल रहनाले तपाइ आफूलाई कमजोर महशुश गर्नुहुने छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते नयाँ लगानीमा हात नहालेकै बेश हुनेछ । समान्य धनमालको क्षति हुन सक्ला । शत्रु पक्ष सबल रहनेछन । तपाइको कामको फाईदा अरुलाई मिल्ने छ । मित्रजनहरु बीच मनमुटाब हुन सक्ला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु निर्णय गर्न सक्ने क्षमतामा बृदि हुनेछ । आकस्मिक धनलाभबाट मन प्रशन्न रहला । आम्दानिका श्रोतहरु फेला पर्ने छन । विध्या सफल रहला । फस्न लागेको लगानि हात पर्ने छ । शुभचिन्तकको साथ प्राप्त हुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे उत्साह पूर्ण ढंगले कार्य सम्पादन हुनेछ । पदोन्नतिको समय रहेको छ । मानसम्मानको भागेदारी भईनेछ । आफन्तजनहरु बीचको भेटघाटले मन प्रशन्न रहला । अरुको पूर्ण विश्वास भने नगर्नु होला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि भाग्योदयका निम्ती धेरै संघर्ष गर्नुपर्ने समय रहेको छ । मित्र तथा भाइ-वन्धुको साथ सहयोगमा कमी आउला । सामान्य अप्जस सहनुपर्ने छ । यात्रा कारक दिन रहेको छ । धार्मिक कार्यमा सहभागी भईने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द मनको चन्चलताले कार्यक्षेत्रमा सामान्य ब्यबधान आउन सक्छ । मनमा कुविचारको प्रवेश हुन नदिनुहोला । स्वास्थ्यमा सामान्य गडबडी रहन सक्छ । खानपानमा ध्यान दिनु होला । क्रोधको शिकार हुन सकिने छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि भोग विलासको क्षेत्रमा समय व्यतित रहला । व्यापार व्यवसायमा राम्रो समय रहेको छ । पारिवारीक साथ सहयोग प्राप्त हुनेछ । श्रम र परिश्रमको कदन नहुनाले मनमा खिन्नता वोध हुन सक्छ । शुभचिन्तकहरुको बृदि हुनेछ ।
४ फागुन, चितवन । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन् ।“कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव गर्दा उनले नमानेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको देखियो”– प्रहरी प्रमुख थापाले भने । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटना मङ्गलबार साँझको भए पनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल गरेर शव परिवारलाई बुझाइने उनले जानकारी दिए । अर्जुन श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी किशोरी भेट्न विकल त्यहीँ पुगेका थिए ।
४ फागुन, कैलाली । धनगढी उपमाहागरपालिका जुगेडाकी अञ्जली सिंहले डेढ महिना अघि मात्र गाउँकै हिम्कतबहादुर सिंहसँग भागी विवाह गरेकी थिइन् । तर, जसलाई उनलाई आफ्नो बनाइन्, उनैले अञ्जलीको ज्यान लिएका छन् । जुगेडाकी हिक्मत र अञ्जली प्रेममा रहेका साथीहरुमार्फत नजिकिएका थिए । झण्डै तीन महिनाको प्रेम सम्वन्धपछि उनीहरुले गत पुस ८ गते भागी बिहे गरे । शारदा मावि जुगेडामा ९ कक्षामा पढ्दै गर्दा १६ बर्षीया अञ्जली २२ बर्षीय हिक्मतसँग नजिक हुन पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर, बिहे अघि उनले पढाइ छाडिसकेकी थिइन् ।
हिक्मत नेपाली सेनामा भर्तीका लागि ८ महिना तालिम गरेपछि निकालिएका थिए । लागू औषध सेवन गरेको भेटिएपछि उनी सेनामा भर्ती हुन सकेनन् । भागी बिहे गरेकाले माइती पक्षले स्वीकार गरेको थिएन । तर, कुराकानी चलिरहेको थियो । हिक्मत र अञ्जली भने परिवारसँग छुटि्टसकेका थिए । हिक्मतले प्रहरीलाई दिएको बयान अनुसार उनीहरुको परिवार ठीकै चलिरहेको थियो । तर, अञ्जलीको नियमित माहिनावारी नभएको विषयलाई लिएर विवाद सुरु भयो । अञ्जलीले आफ्नो ४/५ महिनामा एक पटक मात्र महिनावारी हुने समस्या रहेको बताइन् । हिक्मतले पत्याएनन् । उनले उल्टै अञ्जलीमाथि शंका गर्न थाले । उनले अरु कसैको गर्भ बोकेर आफूलाई धोका दिएको मससुस गर्न थाले । हत्या गरेर आफैंले खाल्डो खनेर पुरे- डीएसपी वीरबहादुर बुढामगरका अनुसार हिक्मतले अञ्जलीको हत्या गरेको स्वीकार गरेका छन् । उनले प्रहरीलाई दिएको बयान अनुसार हत्या माघ २७ गते मध्यरातमा भएको हो ।

उनले त्यही दिन विहान मात्र आफ्नी पत्नीको हत्या गर्ने योजना बनाए । आफ्ना दुई साथीहरु रोजगारीका लागि भारत जाने भएकाले उनी गौरिफान्टासम्म पुर्‍याउन गए । त्यतै मदिरा पिए । घर नजिकैको भट्टीमा ११ बजेसम्म बसेर मदिरा पिएका उनी मध्यरातमा घरतिर लागे । घर नजिक पुगेपछि पनि गाँजा खाए । तर, राति करिव १ बजेतिर सुतिरहेकी श्रीमतीमाथि आक्रमण गरे । उनले प्रहरीलाई दिएको बयान अनुसार जुटको डोरीले घाँटी कसेर मारेका थिए । हत्यापछि घरबाट करिव ५० मिटरपर बासघारीको खोल्सामा खाडल गरेर शवलाई पुगे । मोटरसाइकल चढेर प्रहरी चौकी आए घटनापछि उनी घरमै आएर सुते । विहान अरुले सोध्दा कतै गएको होला भने । तर, ९/१० बजेसम्म पनि अञ्जली नदेखिएपछि अरुले खोजी गर्न थाले । उनी पनि खोजी गरे झैँ गरिरहे, ताकि हत्याबारे कसैलाई शंका नहोस् । परिवारका सदस्यले अर्को दिन मात्र माइतीमा खबर गरे । अञ्जलीको माइतीमा मात्र मात्र छिन् । त्यसैले ठूलो बुबाका छोरा आए र हिक्मतसकै साथी भएकाले मिलेर सँगै खोजे । अञ्जली नभेटिएपछि माइती पक्षले प्रहरीमा उजुरी दियो । र, उनीहरुले केटामाथि शंका गरे । लगतै प्रहरीले नजिकैकै चौकीबाट प्रहरी पठाएर हिक्मतलाई ल्याउन भने । उनी प्रहरीकै मोटरसाइकल चढेर प्रहरी चौकीमा आएको डीएसपी बुढामगरले बताए । लगतै प्रहरीले उनको घर परिपरि खोजविन गर्ने क्रममा खाल्डो खनेको भेटियो । त्यहाँ उल्लखन गरेर हेर्दा अञ्जलीको शव भेटिएको प्रहरीले बताएको छ । अञ्जलीको शव पोस्टमार्टमका लागि पठाइएको छ भने हिक्मतले अपराध स्वीकार गरिसकेका छन् ।
४ फागुन, काठमाडौं । नेपालले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव गरेको छ । र, यो पटक अनलाइन फारम हुनेछ ।चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको मानव संशाधन विभागलाई प्रस्ताव पठाइएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार यो पटकबाट अनलाइनबाटै फारम भर्ने सुविधा दिने तयारी भइरहेको छ । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको छ । शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो । तर, परीक्षण नसकिँदा प्रयोग गर्न सकिएको थिएन । यो पटक भने अनलाइन फारम भर्न सकिनेछ । उसले फराम भर्न रातभर लाइन बस्नु पर्ने बाध्यता हट्नेछ । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ र, फारम बुझाउन घन्टौ लाइन बस्नुपर्छ ।
गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको इपीएस शाखाका निर्देश्क खतिवडाले बताए । अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो । अनलाइन प्रयोग भएपछि इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् । नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।
पछिल्लो समय नेपालमा आत्महत्या गर्नेक्रम तीव्र बन्दै गएको छ । यसैक्रममा काठमाडौंको कमलादीमा रहेको युनिग्लोबल कलेजमा कक्षा ११ होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थी अरुणदेव यादवले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्याको यकिन कारण नखुले पनि पछिल्लो समय उनी मानसिक तनावमा रहेको र आत्महत्या गरेको अनुमान गरिएको छ ।
चन्द्रौटा कपिलवस्तु ३ फागुन – जिल्लाको शिवराज नगरपालिका– १० प्रगतिटोल ‘बी’ बस्ने शोभाखर अधिकारीकी ६ वर्षीया छोरी सीता अधिकारी मृत अवस्थामा फेला परेकी छन् । उनको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घरदेखि ५ सय मिटर उत्तर पर्ने जवई खोलामा तैरिरहेको अवस्थामा मंगलबार बिहान करीब
साढे ६ बजेतिर खोज्ने क्रममा स्थानीयले बालिकाको शव भेटाएका हुन् । उनको शव अर्धनग्न अवस्थामा फेला परेका वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।सोमबार बेलुका ७ बजेतिर छिमेकीकोमा खेल्न निस्केकी छोरी ८ बजेसम्म पनि घरमा खाना खान नआएपछि आमाले खोजखबर गरिन् । आफन्त, छलछिमेकमा पनि छोरी सीतालाई नभेटाएपछि उनले चारैतिर हारगुहार गरिन् । स्थानीय, वडा प्रहरीको टोली, सशस्त्र प्रहरी टोलीले रातभर खोजीकार्य गरे । तर विहान मात्र बालिका मृत अवस्थामा फेला परेकी स्थानीय माधव पाण्डेयले बताए । मृत अवस्थामा फेला परेकी बालिकाको दाहिने हिपमा चिरिएको गहिरो घाउ देखिएको छ । उनको लुगा र चप्पल शव भएको स्थानदेखि १० मिटर टाढा मिलाएर राखेको देखिएको छ । र सोही स्थानमा रगत हिलाम्मे देखिनुका साथै घाँस र जमिन मरेको अवस्था रहेको प्रहरीले जानकारी दिए । मृत बालिकाको शवलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पोष्ट मार्टमपछि परिवारको जिम्मा लगाएको थियो । बालिकाको शवलाई चन्द्रौटा बजार परिक्रमा गरी घटनास्थलतिरै लगी अन्त्यस्थी गरिएको स्थानीय मानव अधिकारकर्मी विष्णुप्रसाद खतिवडाले जानकारी दिए । बालिकाको हत्याको आशंकामा छिमेकी १७ वर्षीय भिमबहादुर कुँवरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । बालिका शोभाखरकी कान्छी छोरी थिइन् । उनी स्थानीय आवर मदरल्याण्ड एकेडेमी कक्षा एलकेजीमा अध्ययनरत थिइन् । आक्रोशित स्थानीय, विद्यार्थी, शिक्षक, संघसंस्था लगायतले घटनाको सत्यतथ्य र न्यायिक छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरे । बालिकाको विभत्स हत्यापछि स्थानीय व्यापारी व्यवसायी समेत बजार पसल बन्द गरी विरोधमा उत्रिएका थिए । बालिकाको हत्याले प्याप्सन पश्चिम क्लस्टर अन्तर्गतका सम्पूर्ण निजी विद्यालय समेत बन्द भएको सिताराम चौधरीको बाइलाइनमा डीसी नेपालमा खबर छ ।
Exchange Rate for 16 February, 2017

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
  U.S. Dollar
1
106.80
107.40
  European Euro
1
112.73
113.37
  UK Pound Sterling
1
132.97
133.71
 Swiss Franc
1
105.86
106.46
  Australian Dollar
1
82.05
82.51
 Canadian Dollar
1
81.69
82.15
  Singapore Dollar
1
75.03
75.45
 Japanese Yen
10
9.33
9.38
 Chinese Yuan
1
15.55
15.63
  Saudi Arabian Riyal
1
28.48
28.64
  Qatari Riyal
1
29.33
29.49
  Thai Baht
1
3.05
3.07
  UAE Dirham
1
29.08
29.24
  Malaysian Ringgit
1
24.00
24.14
  South Korean Won
100
9.35
9.41
 Swedish Kroner
1
11.91
11.97
  Danish Kroner
1
15.16
15.25
  Hong Kong Dollar
1
13.76
13.84
  Kuwaity Dinar
1
349.58
351.54
  Bahrain Dinar
1
283.24
284.83

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
धनगढीः डडेल्धुराको भागेश्वर गाविसमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेकाे छ।
पाँच जना घाइते भएका छन् । क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार बुधबार बिहान पौने १२ बजेतिर, डडेल्धुराको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको जीप दुर्घटना भएको हो । सुदूरपश्चिम क्षेत्रका डिआइजी विजयकुमार भट्टले, दुर्घटनामा सात जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जानकारी दिए । डडेल्धुराको भागेश्वरबाट जिल्ला सदरमुकामतिर यात्रु बोकेर आइरहेको जीप सदरमुकाम अमरगढी देखि झण्डै ५/६ किलोमिटरको दुरीमा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको छ । घाइते सबैको उद्धार गरी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याइएको प्रहरीले जनाएको छ । डडेल्धुराका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीसहितको टोलीले दुर्घटनाका घाइतेको उद्धार गरेको हो । दुर्घटनामा भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपती पाण्डेय र कामदेव चटौतको घटनास्थलमै मृत्यु भएको थियो । त्यसैगरी दिवाकर पाण्डेयको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने भागेश्वर ७ का पदम मल्लको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको प्रहरीले बताएको छ। घाइतेको उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ ।
३ फागुन, सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुलेको छ ।मृतक युवती काठमाडौंकी २१ वर्षीया श्रृष्टि भण्डारी हुन् । हराइरहेका युवक भने झापा विर्तामोडका २७ वर्षीय सन्दिप उप्रेती भएको खुलेको छ ।
न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनीहरु साथीहरुसँग सोमबार साँझ समुन्द्री तटमा गएका थिए । सँगै गएका साथीहरुले बताए अनुसार अरु फर्किएपनि उनीहरु केहीबेरमा आउँछौं भन्दै तटमै बसेका थिए । उद्धार संस्थाका सदस्यले श्रृष्टिको शव मंगलबार बिहान ६ बजेतिर समुद्र तटको उत्तरी किनारामा फेला पारेका थिए । प्रहरीले उनको मृत्यु पानीमा डुवेर भएको बताएको छ ।
पूर्वी समुद्र तटका इन्स्पेक्टर एन्थोनी एग्न्युका अनुसार उनीहरुसँग सम्बन्धित निजी सामान समुद्र तटमा भेटिएको छ । ‘हामीले अहिलेसम्म युवकलाई फेला पार्न सकेका छैनौं, जो त्यतिबेला मृत युवतीसँगै थिए’ इन्स्पेक्टर एन्थोनीले भने, ‘हामीले प्रयास जारी राखेका छौं तर, खराव मौसम चुनौति बनिरहेको छ ।’ इन्स्पेक्टर एन्थोनीले यो जोडी एकैपटक समुद्रमा पसेको अनुमान गरेका छन् । हराइरहेका उप्रेतीको खोजीका लागि सुविधासम्पन्न हेलिकप्टरसहित सिड्नी उद्धार बिभागका दुई अफिसर, लाइफगार्ड जेट स्की र न्यु साउथ वेल्स प्रहरी परिचालन गरिएको छ । समुद्री तटको उत्तरी क्षेत्रमा खोजीकार्य जारी राखिएपनि भिजिविलिटी कम हुनु र ठूला-ठूला सामुदि्रक छालका कारण खोजी तथा उद्धार कार्य कठिन बनेको छ । खराव मौसमका कारण न्यु साउथ वेल्सको कूजी बीचबाहेक अन्य सबै बीच बन्द गरिएको छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ शत्रुपक्ष सबल रहलान । सामाजिक कार्यमा जुट्ने अबसर प्राप्त हुनेछ । प्रतियोगितात्मक कार्यमा अगाडि नबढेकै बेश हुन्छ । स्वास्थ्य सम्बन्धी समस्याले सामान्य खर्च गराउला । निर्णय गर्ने क्षमतामा कमी आउला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफूभन्दा सानाको सहयोगबाट गरिएका कार्यहरु सफल रहने छन । आम्दानिका नयाँ श्रोतहरु फेला पर्ने छन । मनोरन्जनात्मक कार्यमा समय ब्यतित रहने छ । मानसिक चिन्ताले सताउन सक्ने छ । विद्यामा सफल रहला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह आफन्त जनहरुको सम्बन्धमा खटपटी पैदा हुनेछ । सवारीसाधनको प्रयोगमा साबधीनी अपनाउनु होला । सामान्य कार्यको लागि धेरै श्रम र समय खर्च गर्नुपर्ने छ । प्रियजनहरुसँगको भेटले मन प्रशन्न रहला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो बल पराक्रममा बृद्दी हुनेछ । विश्वासिला ब्याक्तिहरुबाट धोका हुनाले कार्य सम्पादनमा झन्झट पैदा हुनेछ । छोटो यात्राको अवसर प्राप्त हुन सक्नेछ । सामान्य अप्जस भोग्नुपर्ला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे खानपानमा विशेष साबधानी अपनाउनुहोला । कुलकुटुम्भको साथ सहयोग द्वारा गरेका कार्यमा सहजता प्राप्त हुनेछ । स्थिर सम्पत्तीमा ह्रास आउने छ । बाणीमा साबधानी अपनाउनुपर्ने देखिन्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो शारिरिक आलस्यताले सताउन सक्छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । दाम्पत्य सम्बन्धमा उतार चढाब आउला । नजिकका साथीसँग मनमुटाव हुन सक्छ सावधानी रहनुहोला । तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते तत्कालै आर्थिक अभावको सामना गर्नु पर्नेछ । अनुसन्धान मुलक कार्यमा समय ब्यतित रहने छ । दिदी-बहिनीको साथ सहयोगबाट बिशेष फाईदा मिल्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउला । प्रतिश्प्रधात्मक कार्यमा तपाईको खुबी अब्बल रहने छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु नसोचेको रुपमा आकस्मीक धनप्राप्त हुनेछ । मित्रजनहरुको अधिकरुपमा सहयोग प्राप्त हुनेछ । बिद्वत ब्याक्तिहरुको समागमले बौद्दिक विकासमा मद्दत पुग्नेछ । रमाईला कार्यमा दिन ब्यतित गर्न पाउदा आफ्नो मन प्रशन्न रहला । साझेदारी कार्यमा सजग रहनु पर्ने देखिन्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे तपाईको परिश्रमको प्रतिफल गैह्र ब्याक्तिहरुलाई सहजै प्राप्त हुनेछ । मान्यजनको साथ सहयोग प्राप्त हुनेछ । सभा सम्मेलनमा सहभागीहुने प्रवल सम्भाबना छ । विद्या क्षेत्रमा भने अलि बढी मेहनत गर्नुपर्ने देखिन्छ । प्रतिपक्षहरु अलि बढी सबल रहलान ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि अपजसको सामना बढी आँउदा मानसिक तनाबको पीर बढी खेप्नु पर्ने छ । यात्राको क्रममा जटिल समस्या आईपर्ला । धनमालको दुरुपयोग हुने सम्भाबना अधिक छ । नजिकको ब्याक्तिहरुबाट सामान्य धोकाहुन सक्ने छ । आफ्नो ब्याक्तित्वमा आँच आउन सक्ने छ सजग रहनुहोला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द मनमा अनावश्यक कुबिचारहरुले बास गर्नेछन । चोटपटकको समय छ सचेत रहनुहोला । थालिएका कार्यहरु पुरागर्न बढी परिश्रम खर्च गर्नुपर्ला । आफ्नो बोलीको कारणबाट आफन्तजनहरु टाढीनेछन ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि दाम्पत्य सम्बन्धमा सुधार आउने छ । शुभः समाचार सुन्न पाईने छ । ब्यापार ब्यबसायको क्षेत्रमा साबधानी अपनाउनुहोला । जीवनसाथीको सहयोगमा गरिएका कार्यहरु सफल रहलान । बोलीमा बिशेष प्रभुत्व रहने देखिन्छ ।
श्रृङ्गारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने
फूलले बास्ना सापटी माग्ने, चन्दनले छुँदा दाग लाग्ने
यस्तो को हो तिमी, यस्तो को हौ तिमी…

माथि उल्लेखित हरफहरु गायक रामकृष्ण ढकालको नयाँ गीतमा समावेश छन् । प्रेम दिवसको अवसर पारेर आज आयोजित पत्रकार सम्मेलनमा गीतको भिडियो सार्वजनिक गरिएको छ ।
‘श्रृङ्गारलाई पनि लाज लाग्ने’ बोलको गीतमा गायक रामकृष्ण ढकालको आवाज छ । यो गीतमा दावा गुरुङको संगीत, मनिष बशिष्टको शब्द छ । सुमित बिश्वकर्माको गीतमा एरेन्ज छ ।यो गीतको भिडियोमा रामकृष्णकी धर्मपत्नी निलम शाह ढकालको मोडलिङ छ । उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा साथ दिएका छन् । निकेश खड्काले निर्देशन गरेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन छ । गायक ढकालले यो गीत प्रेम दिवसलाई लक्षित गरेर तयार पारिएको बताएका छन् । कालिञ्चोकको हिउँमा खिचिएको यो भिडियो दृश्य मनमोहक छ । भिडियो हेरेपछि उपस्थित पत्रकार तथा संगीतकर्मीहरुले यसको हरेक पाटो उत्कृष्ट रहेको बताए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका संगीतकार शम्भुजित बास्कोटाले रामकृष्णलाई ‘स्वर रत्न’को उपाधी दिएका थिए । कार्यक्रममा गायक रामकृष्ण ढकालले पत्नी निलम ढकाललाई फूल दिदै ‘आई लभ यू’ भनेका थिए । भ्यालेन्टाइन डे र यो सुखद पल भन्दा ठूलो अवसर आफ्ना लागि अर्को नभएको ढकालको भनाई थियो ।
३ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अघिल्लो दिन राजधानीमा एउटा प्रेमविवाहको दुखान्त भयो । ललितपुरको इमाडोलमा बस्ने पि्रया देउजाले सोमबार अनौठो मृत्युवरण गरिन् । उनले इञ्जिनियर विप्लव सुवेदीसँग प्रेम विवाह गरेको करिब दुई वर्षमात्रै भएको थियो ।
३८ लाख खर्चेर गरिएको ‘लभ म्यारिज’
२१ वर्षीया प्रिया र उनीभन्दा केही वर्ष जेठा विप्लव सुवेदीको ०७१ वैशाख ११ गते विहे भएको थियो । विप्लव आइटी इन्जिनियर हुन् । काठमाडौं युनिभर्सिटीमा अध्ययन गर्ने क्रममा उनीहरु प्रेममा परेका थिए । उनीहरुको प्रेमसम्वन्ध थाहा पाएपछि दुवै परिवारको सहमतिमा बिहे भएको थियो । मिराकल पार्टी प्यालेसमा भएको बिहेमा आफूले ३८ लाख रुपैयाँ खर्च गरेको प्रियाका पिता म्यानपावर व्यवसायी प्रद्युम्न बताउँछन् ।
विवाहपछि दुवैजना अष्ट्रेलिया जाने योजनामा थिए । प्रद्युम्नका अनुसार छोरी-ज्वाइँलाई अष्ट्रेलिया पठाउन उनले आफ्नो घर धितोमा राखेर ५० लाखको बैंक ग्यारेन्टीसमेत गरिदिएका थिए । तर, उनीहरुको भिसा लागेन । कम्युटर इन्जिनियरिङ सकेर विप्लवले एउटा कम्पनीमा जागिर खाए । तर, पछिल्लो समय जागिर छोडेर घरमै अफिस खोलेर काम गरिरहेको विप्लवकी आमा रेनु सुवेदी बताउँछिन् । विवाहपश्चात श्रीमान र श्रीमतीको सम्वन्ध सुमधुर थियो । प्रिया र विप्लव दुई परिवारबीचको सम्वन्ध पनि न्यानो थियो । ‘छोरा र बुहारीले एक दिन पनि एक-अर्कासँग ठूलो स्वरले बोलेको मलाई थाहा छैन,’ विप्लवकी आमा भन्छिन्, ‘बुहारी लक्ष्मीजस्ती थिइन्, मैले छोरीसरह माया गरेर राखेकी थिएँ ।’ प्रियाका पिता प्रद्युम्नले पनि अहिलेसम्म छोरी-ज्वाइँबीच झगडा भएको आफूलाई थाहा नभएको बताए ।
अचानक कथा कसरी मोडियो ?

प्रियाका पिता प्रद्युम्न शनिबार पोखरामा थिए । उनका अनुसार राति ११ बजे ज्वाइँ विप्लवले फोन गरेर तुरुन्त काठमाडौं आउन भने । के कारण पर्‍यो भनी सोध्दा विप्लवले तपाईंकी छोरीको अन्तै अफेयर छ भन्ने मैले सुनेँ, कुरा गर्न आउनुपर्‍यो भनेको प्रद्युम्न बताउँछन् । उनी भन्छन्- ‘त्यसपछि मैले छोरीलाई फोन गरेँ, छोरीले यस विषयमा आफूलाई केही थाहा नभएको बताइन् ।’ प्रद्युम्नले थपे- ‘आइतबार हतार-हतार म काठमाडौं फर्किएँ र छोरीलाई फोन गरेँ । तर ज्वाइँका काकाका छोराले फोन उठाए । उनले दाजु-भाउजूको झगडा परिरहेको छ भनेर सुनाए । हामीले लोग्ने-स्वास्नीको सामान्य झगडा होला भन्ने ठान्यौं । तर, राति नौ बजे छोरीले फोन गरेर तुरुन्तै आउनुस भनी । साढे ९ बजे हामी छोरीको घरमा गयौं ।

प्रियाका पिता भन्छन्- ‘त्यहाँ कुराकानीका क्रममा ज्वाइँले प्रिया अर्कैसित लागेको आरोप दोहोर्‍याउनुभयो । छोरीले त्यो कुरा नकारी । यत्तिकैमा आक्रोशित भएर ज्वाइँंले ‘छोरी फिर्ता लैजानू, नत्र मारिदिन्छु’ भनेर धम्की दिनुभयो । मैले पनि ‘भाँडाकुटी खेलेको हो र मन लागे ल्याउने, मन लागे फर्काउने ?’ भनेर जवाफ फर्काएँ । ज्वाइँंकी आमाले छोरालाई गाली गरेर चुप लगाउनुभयो । सबै साम्य भएपछि हामी साढे ११ बजे घर फर्कियौं ।’ प्रदुम्नले घटनाको विवरण सुनाउँदै अगाडि भने- ‘भोलिपल्ट, अर्थात सोमबार बिहानै प्रियाले आमालाई फोन गरिन् । राति श्रीमानले आफूलाई सँगै सुत्न नदिएको र नन्दसित सुतेको रुँदै सुनाइन् । सासूकै अगाडि श्रीमानले आफूलाई मारिदिने धम्की दिएको पनि छोरीले बताइन् । फोनमा यसो भनेपपछिप्रियाकी आमाले उनलाई श्रीमानलाई फकाउनू, भात पकाएर खुवाउनू भनेर सम्झाइन् । प्रियाले हुन्छ भनेर फोन राखिन् ।’ ‘१० बजे म भात खाएर अफिस हिडेँ । दिउँसो १ बजेर ७ मिनेटमा मेरो मोबाइलको घन्टी बज्यो । ‘भाउजूले आत्महत्या गर्नुभयो, छिट्टै आउनुपर्‍यो,’ भनेर उताबाट आवाज आयो’ प्रद्युम्नले भने- ‘ज्वाइँका काकाका छोरा रहेछन्, मेरो होसहवास उड्यो । हुर्रिँदै छोरीको घर पुगेँ । त्यहाँ छोरी झुण्डिरहेकै अवस्थामा थिइन् । उनको आधा पैतालाले भुईमा टेकेको थियो । पहिलो हेराइमै मलाई यो आत्महत्या हुनै सक्दैन भन्ने लाग्यो ।’ उनले भने- ‘हामी पुग्दा घटनास्थलमा प्रहरी आइसकेको थियो । कोठाको ओछ्यान लथालिंग थियो । ट्वाइलेटको भेन्टिलेसनको एउटा सिसा फुटेको थियो । छोरीको निधारमा नीलडामहरु थिए ।’ ‘मलाई लाग्छ, ज्वाइँले छोरीलाई आक्रमण गरे र छोरी बेहोश भएर ढलेपछि काकाको छोरासँग मिलेर उसलाई सलको पासो लगाएर झुण्ड्याइदिए,’ प्रद्युम्नले आरोप लगाए । विप्लवको परिवारमा उनकी आमा र बहिनी बस्थे । नन्द र भाउजूबीच दिदीबहिनीको जस्तैसम्वन्ध रहेको प्रियाकी सासू रिनाले बताइन् । विप्लवका बुवा भने केही समयअघिदेखि जापानमा छन् । घटनाको दिन सोमबार विप्लवकी आमा खाना खाएर अफिस गएकी थिइन् । उनी मेडिकेयर हस्पिटलमा काम गर्छिन् । बहिनी पनि कलेज गएकी थिइन् । विप्लवका काकाका छोरा उनका घरमा आएका थिए ।
प्रियाकी सासू रीना के भन्छिन् ?
विप्लवकी आमा रीना भन्छिन्- ‘मेरा बुवाको १७ दिन अगाडि देहान्त भएको थियो । माइतीमा उहाँको काम सकेर म शनिबार घर फर्केँ । आइतबार ड्यूटी गएँ । बेलुका खाना खाएर सुतेकी मात्रै थिएँ, बुहारीका आमाबुबा आउनुभएछ । त्यति अबेर उहाँहरु किन आउनुभएको थियो, मलाई थाहा भएन । सबैजना बसेर कुराकानी गर्‍यौं । सामान्य पारिवारिक कुराहरु भए । कुनै विवाद भएको थिएन । राति नै उहाँहरु फर्किनुभयो ।’ आफ्नो छोराले बुहारीलाई मार्छु भनेर धम्की नदिएको रीनाले बताइन् । उनले भनिन्, ‘अघिल्लो दिन राति बुहारीका बुवाआमा हाम्रो घरमा आउनुभएको थियो । त्यति अबेर किन आउनुभयो, मलाई थाहा भएन । उहाँहरुसँग हाम्रो सहज वातावरणमा पारिवारिक कुराकानी भएको थियो । त्यहाँ कुनै वादविवाद भएको थिएन । बुहारी कलेजबाट ढीलो घरमा आउने गरेको विषयमा मैले उहाँहरुको ध्यानाकर्षण गराएकी थिएँ, त्यत्ति हो ।’ रीनाका अनुसार बुहारी प्रिया बिहान ६ बजे कलेज जान घरबाट निस्किन्थिन् र बेलुका ६ बजेपछि मात्रै घर फर्किन्थिन् । रीना अगाडि भन्छिन्, ‘भोलिपल्ट (सोमबार) म उठ्दा बुहारी सुतिरहेकी थिइन् । बिहान सात बजे म चिया लिएर बुहारीको कोठामा गएँ र उनलाई उठाएँ । उनी अत्तालिँदै उठिन् । मैले भनेँ- अत्तालिनुपर्दैन, बिस्तारै बढार कुँडार गर, खाना पकाउ । उनले खाना पकाइन् । खाना खाएर म सदाझैं अफिस गएँ ।’ ‘दिउँसो घरबाट फोन आयो । बुहारीको नराम्रो खबर सुनेँ । म छाँगाबाट खसेजस्तै भएँ’ रीनाले भनिन्- ‘अफिसको गाडीले मलाई घरसम्म ल्याइदियो । घर आउँदा बुहारी झुण्डिएकै अवस्थामा थिइन् । उनलाई देख्नेवित्तिकै म बेहोस भएर ढोकामै ढलेँ ।’ बुहारीको वियोग सहन आफूलाई गाह्रो भएको रीना बताउँछिन् । ‘चोट उहाँहरु (माइती पक्ष) लाई मात्र परेको छैन, हामीलाई पनि परेको छ । हामी पनि भावविह्वल छौं । मैले लक्ष्मीजस्ती बुहारी गुमाएकीछु’ रीनाले एकै सासमा भनिन्- ‘हाम्रो एउटै छोरा हो । बुहारीमा खोट लगाउने कुरा केही पनि थिएन । लाउँलाउँ र खाउँखाउँको उमेरमा बिहे भएकाले पनि म बुहारीलाई बढी नै हेरविचार गर्थेँ । यसको भगवान साक्षी छन् । तर, सबैको माया पाउँदा-पाउँदै उनले किन आत्महत्या गरिन् ? मलाई थाहा भएन ।’
तस्वीर हेर्दा उब्जिने प्रश्नः यसरी पनि आत्महत्या हुन्छ ?
 प्रिया झ्यालमा जसरी ‘झुण्डिएर मरेकी’ भनिएको छ, तस्वीरमा उनले खुट्टा टेकेको दृश्य प्रष्ट देख्न सकिन्छ । यसले उनको मृत्युमाथि शंका उब्जिएको माइतीपक्षको दाबी छ । प्रियाका माइती पक्षले आफ्नी छोरीको हत्या भएको आरोप लगाएका छन् भने घरपट्टकिाले उनले आत्महत्या गरेको दावी गरेका छन् । यो घटनाको निश्पक्ष अनुसन्धान गर्नुपर्ने माग गर्दै माइती पक्षले सातदोबाटो प्रहरी कार्यालयमा धर्ना दिइरहेका छन् । प्रहरीले विप्लवलाई कागज गराएर बोलाएका बेला कार्यालयमा उपस्थित हुने गरी छोडेको छ । मृतकको पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन । घटनास्थलको तस्वीर अनलाइनखबरलाई प्राप्त भएको छ । करिब साढे पाँच फिट अग्लो झ्यालको ग्रीलमा झुण्डिएकी प्रियाले दुबै खुट्टा आधा भुईंमा टेकेकी छिन् । उनले झ्यालको ग्रील र पर्दामा समात्न सक्ने अवस्था पनि देखिन्छ । नजिकै रहेका स्टुल र टेबल पंखा ढलेका छैनन् ।
के उनले सरक्कै आत्महत्या गरेकी हुन् ?
तस्वीरले यसै भन्छ । प्रियाका बुबा प्रद्युम्नले आफ्नी छोरीले यो अवस्थामा आत्महत्या गरेको हुनै नसक्ने अनलाइनखबरलाई बताए । ज्वाइँले छोरीको हत्या गरेर झ्यालमा झुण्ड्याएको उनको आशंका छ । ‘पोष्टमार्टम रिपोर्ट आइसकेपछि ज्वाइविरुद्ध किटानी जाहेरी दिनेछु,’ उनले भने । तर, प्रियाकी सासू रिना सुवेदीले भने बुहारीले आत्महत्या नै गरेको दाबी गरिन् । आत्महत्या गर्नुपर्ने कारण भने आफूलाई थाहा नभएको उनले बताइन् । उनले आफ्नो छोरो हत्यारा हुनै नसक्ने दाबी गरिन् ।
 के भन्छन् विशेषज्ञ ?
दुबैतर्फका कुरा सुनिसकेपछि हामीले वरिष्ठ फरेन्सिक विशेषज्ञ तुलसी कँडेललाई सोध्यौं, के खुट्टा टेकी-टेकी मानिसले झुण्डिएर मर्न सम्भव छ ? उनले यस्तो जवाफ दिएः ‘खुट्टा टेकेको अवस्थामै पनि झुण्डिएर आत्महत्या गर्न असम्भव छैन । आत्महत्या गर्नका लागि तुर्लुङ्ग झुण्डिनुपर्छ भन्ने हुँदैन । कुर्सीमा बसी-बसी आत्महत्या गरेका उदाहरण पनि छन् । नजिकै समात्न र टेक्न सक्ने अवस्था हुँदाहुँदै पनि आत्महत्या हुन सक्छ । झुण्डिएर मर्न कम्तिमा डेढ मिनेटदेखि बढीमा पाँच मिनेट लाग्छ । तर, आत्महत्या हो कि होइन भनेर टुंगोमा पुग्न पोष्टमार्टम नै मुख्य आधार हो ।’
काठमाडौं । अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको समाचार आजको कान्तिपुरमा छापिएको छ । बालिका बलात्कृतको आरोपमा प्रहरीले पतिपत्निलाई नै पक्राउ गरेको छ । अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् ।राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताए । टिभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ पत्नी राधाजंगमले घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएको प्रहरीले जनाएको छ ।
एजेन्सी । प्रविधिको युगमा मोबाइल एक अत्यावश्यक वस्तु बनेको छ । ट्वाइलेट वा बाथरुममा हुँदा फोन प्रयोग गर्ने धेरैको बानी हुन्छ । यदि तपाईमा पनि यस्तै बानी छ भने अब त्यसो नगर्नुहोस् ।ट्वाइलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यमाथी खेलवाड गर्नु हो । यस्तो बानीले मृत्यु पनि हुनसक्छ ।
बाथरुम वा ट्वाइलेमा मोबाइल प्रयोग गर्ने बानीले गम्भिर रोग निम्त्याइरहेको विशेषज्ञहरुको दाबी छ । ट्वाइलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु ट्वालेट भित्र प्रयोग गर्न नहुने विशेषज्ञले सुझाएका छन् । जब तपाई ट्वाइलेटमा ‘फ्लस’ गर्नुहुन्छ अथवा पानी हाल्नुहुन्छ, युरिन तथा फोहोर वस्तुहरु केही फिटमाथिसम्म आउँछ, हावामा मिसिन्छ । जुन रोग संक्रमणको कारण बन्छ । जति पटक ‘फ्लस’ गर्नुहुन्छ उति पटक किटाणु हावामा फैलने गर्छ । त्यसैले पनि दिशा बस्दा बोल्न हुँदैन भनिन्छ। यसको अर्थ बाथरुममा हुँदा मुख खोलेमा किटाणु पस्छ भन्न खोजिएको हो। ट्वाइलेटमा राखिएको ‘पेपर होल्डर’मा सबैभन्दा बढी किटाणु बसेका हुन्छन् । धेरै जसोले आफ्नो फोन त्यही ‘पेपर होल्डर’मा राख्ने गर्छन् । जसका कारण इ–कोइल, सालमोनेला, सि–डिफिसाइलजस्ता ब्याक्टेरिया फोनमा सल्किन्छ। अनि त्यहि फोन हामी दिनभर हातले समात्छौँ, त्यहि हातले खाने कुरा खान्छौं। यति गर्दा पनि ट्वाइलेटमा फोन बिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’ ले फोनलाई बारम्बार सफा गर्नुहोस् ।
Exchange Rate for 15 February, 2017

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
  U.S. Dollar
1
106.83
107.43
  European Euro
1
113.45
114.09
  UK Pound Sterling
1
133.76
134.51
 Swiss Franc
1
106.40
107.00
  Australian Dollar
1
82.01
82.47
 Canadian Dollar
1
81.85
82.31
  Singapore Dollar
1
75.29
75.71
 Japanese Yen
10
9.41
9.46
 Chinese Yuan
1
15.56
15.65
  Saudi Arabian Riyal
1
28.49
28.65
  Qatari Riyal
1
29.34
29.50
  Thai Baht
1
3.05
3.07
  UAE Dirham
1
29.09
29.25
  Malaysian Ringgit
1
24.01
24.14
  South Korean Won
100
9.38
9.43
 Swedish Kroner
1
11.98
12.05
  Danish Kroner
1
15.26
15.34
  Hong Kong Dollar
1
13.77
13.84
  Kuwaity Dinar
1
349.85
351.82
  Bahrain Dinar
1
283.36
284.95

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
Newer Posts Older Posts Home
Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
  • भिजाएको चना खानुको फाइदा हरु ..हेर्नुहोस !!
  • सँगै बाँच्ने सँगै मर्ने कसम खाएर २ महिना अघि विहे गरेर भित्र्याएका अञ्जली सिंहका हत्या
  • Exchange Rate for 16 February, 2017
  • टेरिया मगरले बुटवलमा यसरी खोलिन आफ्नो गोप्य कुरा ..हेर्नुहोस भिडियो सहित
  • Exchange Rate for 17 February, 2017
  • अस्ट्रेलियाको समुद्रीमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुल्यो
  • कोरियामा लामो समय दुख गरि कमाएर बनेको २ करोडको घर नक्कली चिट्ठाले यसरी गुमेपछी...
  • हेर्नुहोस तपाइको दैनिक राशिफल, मिति २०७३ साल फागुन ६ गते शुक्रबार,२०१७ फेब्रुवरी १७ तारिख
  • यो बर्स (इपीएस) कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि १८ गतेसम्म , लाइनमा बस्ने झन्झट मुक्त
  • होटलमा प्रेमिकालाई बोलाएर एसिड हान्ने युवकको बयान यस्तो रहेछ ...हेर्नुहोस !!
Labels
  • Entertainment
  • Health
  • Interview
  • News
  • Prabhasi
  • Rashifal
  • Sports
  • Technology
  • Video
Blog Archive
  • ▼  2017 (57)
    • ▼  February (57)
      • Exchange Rate for 17 February, 2017
      • हेर्नुहोस तपाइको दैनिक राशिफल, मिति २०७३ साल फागुन...
      • छिमेकी को ६ वर्षीय बालिका बलात्कारपछि हत्या गर्ने ...
      • यस्ता च्यात्तिएको छालालाई निको पार्ने घरेलु उपायहर...
      • सँगै बाँच्ने सँगै मर्ने कसम खाएर २ महिना अघि विहे ...
      • अनौठो घटना ,भूतले केटीलाई केटा बनाइदिए पछी ..
      • कोरियामा लामो समय दुख गरि कमाएर बनेको २ करोडको घर...
      • हेर्नुहोस तपाइको दैनिक राशिफल, मिति २०७३ साल फागुन...
      • भ्यालेन्टाइन डे मा युवतीले प्रेम प्रस्ताव अस्वीकार...
      • प्रेम गरेर डेढ महिना अघि भागेर बिबाह गरेको श्रीमती...
      • यो बर्स (इपीएस) कोरियन भाषा परीक्षाको आवेदन चैत ९ ...
      • फेसबुकमा यस्तो स्टाटस लेख्दै कक्षा ११ होटल म्यानेज...
      • सानी छ बर्षको बालिका बलात्कार गरि हत्या गरेर नदीमा...
      • Exchange Rate for 16 February, 2017
      • धनगढी डडेल्धुरामा जीप दुर्घटना हुँदा सात जनाको मृत...
      • अस्ट्रेलियाको समुद्रीमा मृत भेटिएकी नेपाली युवतीको...
      • हेर्नुहोस तपाईको दैनिक राशिफल , मिति २०७३ साल फागु...
      • गायक रामकृष्ण ढकालको नयाँ गीतमा पत्नी निलम शाह ढका...
      • 'भ्यालेन्टाइन डे' को दिनमा नै प्रियाको रहस्यमय मृत...
      • आफ्नै पत्नीको सहयोगमा राजकृष्णले बालिकालाई गरे बला...
      • होशियार !! ट्वाइलेटमा बस्दा तपाइँ आफ्नो मोबाइल फोन...
      • Exchange Rate for 15 February, 2017
      • यसरी मनाए धुर्मुस-सुन्तलीले मुसहर बस्तीमा भ्यालेन्...
      • हेर्नुहोस तपाइको दैनिक राशिफल ,मिति २०७३ साल फागुन...
      • पाँच जनाको समुहले नदी किनारमा गरे युवतीमाथि सामूहि...
      • Exchange Rate for 14 February, 2017
      • सिके राउत १९ माघमा प्रहरीले डेराबाटै उनलाई पक्राउ गरे
      • सोलिडारिटी कप विजेता खेलाडीहरुलाई जनही ३ लाख दिने ...
      • आजै टीकोटालो गर्ने साइत जुरेको युबतिको सामुहिक बला...
      • होटलमा प्रेमिकालाई बोलाएर एसिड हान्ने युवकको बयान ...
      • हेर्नुहोस तपाइको दैनिक राशिफल ,मिति २०७३ साल फागुन...
      • नायक नाजिर हुसेन र नायिका केकी अधिकारीलाई प्रेम दि...
      • Exchange Rate for 13 February, 2017
      • दुबई मा चटपटे बेचेर मासिक ३० हजार कमाइ गर्ने नेपाल...
      • सित्तैमा पढाइदिने लोभमा जुम्लाकी एक किशोरी आफ्नै आ...
      • Exchange Rate for 12 February, 2017
      • तीनवर्षअगाडि फेसबुकमार्फत् चिनेको युवती लाई एसिड प...
      • हेर्नुहोस तपाईको दैनिक राशिफल ,मिति२०७३ साल फाल्गु...
      • विदेशबाट घर फर्कदा श्रीमानको दोस्रो बिहे, श्रीमती ...
      • अनमोलको फोटो खिचेकै पैसा भूवनले मागेपछि
      • भिजाएको चना खानुको फाइदा हरु ..हेर्नुहोस !!
      • भरतपुर अस्पतालमा सुत्केरीको मृत्युभए पछि अस्पतालमा...
      • हेर्नुहोस तपाईको दैनिक राशिफल, मिति २०७३ साल माघ २...
      • टेरिया मगरले बुटवलमा यसरी खोलिन आफ्नो गोप्य कुरा ....
      • आठौं सिमरा गोल्डकप फुटबल मा ३-० ले हराउँदै आर्मी स...
      • हेर्नुहोस ! फोटोफिचर ,,बर्दिबास मुसहर बस्तीको मुहा...
      • हेर्नुहोस ! मिर्गौला रोगका १० लक्षण हरु यस्ता छन् ..
      • ल हेर्नुहोस : एकै परिवारका ५०० सदस्य फोटो खिचाउन य...
      • महाभियोग सिफारिस समितिले लोकमानबारे बुझायो यस्तो प...
Home