यसरी मनाए धुर्मुस-सुन्तलीले मुसहर बस्तीमा भ्यालेन्टाइन डे
३ फागुन, महोत्तरी । दुवैको अनुहारमा थकान थियो । तर, त्यो थकानलाई प्रेमको ऊर्जाले जित्दै उनीहरु अंकमालमा बाँधिए । सायद एकैछिन भए पनि थकान भुल्ने अवसर पाए ।सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सँग प्रेम-जीवनबारे कुरा गर्न मुसहर बस्तीमा पुग्दा दुवै जना प्रेमभन्दा पनि कामको मुडमा थिए ।
‘मुसहर समुदायको माझमा उनीहरुको पीडालाई दूर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुसी लागेको छ’ कुञ्जनाले बताइन् ।सीतारामले पनि बस्ती निर्माणमा लागेकै कारण पहिलेका प्रेम दिवसभन्दा यसपालीको अझै विशेष महसुस भएको प्रतिक्रिया दिए । मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने भन्दै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप भएको धारणा राखे । धुर्मुस-सुन्तलीको जोडी बर्दिबासमा तेस्रो एकीकृत नमुना बस्ती निर्माणमा जुटिरहेको छ । माघ अन्तिम साता अष्टे्रलियामा सहयोग संकलन गरेर फर्किए लगत्तै उनीहरु श्रमदानमा जुटिरहेका छन् । बस्ती निर्माणका लागि अष्टे्रलियामा ६५ लाख रुपैयाँ संकलन भएको थियो ।

0 comments
Write Down Your Responses