अनमोलको फोटो खिचेकै पैसा भूवनले मागेपछि
नायक अनमोल केसी अहिले मिडिया र फ्यानबाट भागिरहेका छन् । उनी, भाग्नुको पनि कारण छ । विशेषगरि, चलचित्र ‘कृ’का लागि कपाल बढाएपछि अनमोल मिडिया र फ्यानबाट टाढा बसेका हुन् । चलचित्रको फस्टलुक सार्वजनिक नभएसम्म उनलाई गेटअप लुकाउनु पर्नेछ ।
तर, भूवनले भनिदिएछन्-‘फोटो खिचाए वापत कति पैसा आउँछ भाई ।’ भूवनको यो कुराले फोटोग्राफर पनि अचम्ममा परे । यी फोटोग्राफरले नायक भूवन केसीकै निर्माणमा बनेको चलचित्र ‘म तिमिविना मरिहाल्छु’मा फोटोग्राफी गरेका रहेछन् । सो, चलचित्रमा काम गरेवापत भूवनले अहिलेसम्म ती फोटोग्राफरलाई पारिश्रमिक दिएका रहेनछन् । केहि समय अगाडि ललितपुरमा ‘बीइङ ह्यूमन’को शाखा उद्घाटन गर्न अनमोल कपाल रुमालले वाधेरै पुगेका थिए । उनले शो शाखा उद्घाटन गरेवापत २ लाख लिएको चर्चा पनि चलेको थियो । आफूले पारिश्रमिक नदिने, तर आफू भने अनमोलको फोटो खिचाएकै पैसा मागिदिने । भूवन केसीको शैली पनि गजबकै छ । यो गसिप बिहिबार प्रकाशित ‘शुक्रबार’ साप्ताहिकले छापेको छ ।

0 comments
Write Down Your Responses