प्रेम गरेर डेढ महिना अघि भागेर बिबाह गरेको श्रीमतीको मध्यरातमा हत्या गरि घर नजिकै खाल्डो खनेर पुरे
४ फागुन, कैलाली । धनगढी उपमाहागरपालिका जुगेडाकी अञ्जली सिंहले डेढ महिना अघि मात्र गाउँकै हिम्कतबहादुर सिंहसँग भागी विवाह गरेकी थिइन् । तर, जसलाई उनलाई आफ्नो बनाइन्, उनैले अञ्जलीको ज्यान लिएका छन् ।
जुगेडाकी हिक्मत र अञ्जली प्रेममा रहेका साथीहरुमार्फत नजिकिएका थिए ।
झण्डै तीन महिनाको प्रेम सम्वन्धपछि उनीहरुले गत पुस ८ गते भागी बिहे गरे ।
शारदा मावि जुगेडामा ९ कक्षामा पढ्दै गर्दा १६ बर्षीया अञ्जली २२ बर्षीय हिक्मतसँग नजिक हुन पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर, बिहे अघि उनले पढाइ छाडिसकेकी थिइन् ।
उनले त्यही दिन विहान मात्र आफ्नी पत्नीको हत्या गर्ने योजना बनाए । आफ्ना दुई साथीहरु रोजगारीका लागि भारत जाने भएकाले उनी गौरिफान्टासम्म पुर्याउन गए । त्यतै मदिरा पिए । घर नजिकैको भट्टीमा ११ बजेसम्म बसेर मदिरा पिएका उनी मध्यरातमा घरतिर लागे । घर नजिक पुगेपछि पनि गाँजा खाए । तर, राति करिव १ बजेतिर सुतिरहेकी श्रीमतीमाथि आक्रमण गरे । उनले प्रहरीलाई दिएको बयान अनुसार जुटको डोरीले घाँटी कसेर मारेका थिए । हत्यापछि घरबाट करिव ५० मिटरपर बासघारीको खोल्सामा खाडल गरेर शवलाई पुगे । मोटरसाइकल चढेर प्रहरी चौकी आए घटनापछि उनी घरमै आएर सुते । विहान अरुले सोध्दा कतै गएको होला भने । तर, ९/१० बजेसम्म पनि अञ्जली नदेखिएपछि अरुले खोजी गर्न थाले । उनी पनि खोजी गरे झैँ गरिरहे, ताकि हत्याबारे कसैलाई शंका नहोस् । परिवारका सदस्यले अर्को दिन मात्र माइतीमा खबर गरे । अञ्जलीको माइतीमा मात्र मात्र छिन् । त्यसैले ठूलो बुबाका छोरा आए र हिक्मतसकै साथी भएकाले मिलेर सँगै खोजे । अञ्जली नभेटिएपछि माइती पक्षले प्रहरीमा उजुरी दियो । र, उनीहरुले केटामाथि शंका गरे । लगतै प्रहरीले नजिकैकै चौकीबाट प्रहरी पठाएर हिक्मतलाई ल्याउन भने । उनी प्रहरीकै मोटरसाइकल चढेर प्रहरी चौकीमा आएको डीएसपी बुढामगरले बताए । लगतै प्रहरीले उनको घर परिपरि खोजविन गर्ने क्रममा खाल्डो खनेको भेटियो । त्यहाँ उल्लखन गरेर हेर्दा अञ्जलीको शव भेटिएको प्रहरीले बताएको छ । अञ्जलीको शव पोस्टमार्टमका लागि पठाइएको छ भने हिक्मतले अपराध स्वीकार गरिसकेका छन् ।

0 comments
Write Down Your Responses