आफ्नै पत्नीको सहयोगमा राजकृष्णले बालिकालाई गरे बलात्कार

काठमाडौं । अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको समाचार आजको कान्तिपुरमा छापिएको छ । बालिका बलात्कृतको आरोपमा प्रहरीले पतिपत्निलाई नै पक्राउ गरेको छ । अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् ।राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताए । टिभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ पत्नी राधाजंगमले घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses