News
»
धनगढी डडेल्धुरामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु, मृत्यु हुने सबै एकै गाविसका
धनगढी डडेल्धुरामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु, मृत्यु हुने सबै एकै गाविसका
धनगढीः डडेल्धुराको भागेश्वर गाविसमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेकाे छ।
पाँच जना घाइते भएका छन् । क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार बुधबार बिहान पौने १२ बजेतिर, डडेल्धुराको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको जीप दुर्घटना भएको हो ।
सुदूरपश्चिम क्षेत्रका डिआइजी विजयकुमार भट्टले, दुर्घटनामा सात जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जानकारी दिए ।
डडेल्धुराको भागेश्वरबाट जिल्ला सदरमुकामतिर यात्रु बोकेर आइरहेको जीप सदरमुकाम अमरगढी देखि झण्डै ५/६ किलोमिटरको दुरीमा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको छ ।
घाइते सबैको उद्धार गरी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याइएको प्रहरीले जनाएको छ । डडेल्धुराका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीसहितको टोलीले दुर्घटनाका घाइतेको उद्धार गरेको हो ।
दुर्घटनामा भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपती पाण्डेय र कामदेव चटौतको घटनास्थलमै मृत्यु भएको थियो । त्यसैगरी दिवाकर पाण्डेयको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने भागेश्वर ७ का पदम मल्लको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको प्रहरीले बताएको छ।
घाइतेको उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ ।
0 comments
Write Down Your Responses