हेर्नुहोस तपाईको दैनिक राशिफल, मिति २०७३ साल माघ २७ गते बिहीबार, २०१७ फेब्रुबरी ९ तारिख
मेषः– परिस्थिति वुझेर काम गर्न सकिएन भने क्षति वेहोर्न पर्नेछ । दिन खर्चालु रहनेछ । काम गर्ने जोश जागर घट्नेछ । चिन्ता बढ्ने छ । स्वास्थ्यमा समस्या आउ सक्छ ।
वृषः– काम गर्ने उत्साहा विस्तारै बढ्ने देखिन्छ । पुराना काम विस्तारै फस्र्योट हुने छन् । आर्थिक उन्नति तिर पाइलाहरु लम्किने छन् । व्यापारमा क्रमिक सुधार आउने देखिन्छ ।
कर्कटः– समग्रमा दिन अनुकुल देखिन्छ, गरेका अधिकाँश काम सफल हुनेछन् । काम गर्ने उत्साहामा वृद्धि हुनेछ । इष्ट मित्र आफन्तको सहयोग सहानुभूति मिल्नेछ ।
सिंहः– समय प्रतिकुल बन्दै छ काम गर्दा हेलचक्रयाई नगर्नु होला । नगरेका कामको अपयश लिनु पर्ने अवस्था आउन सक्छ । आफुले लिने फाइदा अरुले लिने छन् । खर्चमा वृद्धि होला ।
कन्याः– नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । नसोचेका ठाँउहरुबाट सहयोग मिल्ने छ ।
तुलाः– रोकिएका कामले विस्तारै गतिलिने छ । विश्वासको बातावरण बन्नेछ । कुनै कुराको निर्णय लिनु पूर्व अध्ययन आवस्यक छ । हचुवाको भरमा काम नगर्नु होला ।
वृश्चिकः– पढाई लेखाईमा थोरै ध्यान जानेछ । धार्मिक सभा,समारोहमा सहभागिता जनाउनु पर्नेछ । छोटो दुरीको यात्रा हुनसक्छ । उपलब्धिका काममा अवरोध आउनेछ । तनाव घट्नेछ ।
धनुः– दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । काम काजमा अवरोध आउनेछ । व्यापारमा गिरावट आउनेछ ।
मकरः– नयाँ परिस्थितिको सृजना हुने छ । नयाँ कामको अवसर प्राप्त हुन सक्छ । आयत निर्यात व्यापारमा सुधार आउने छ । परिवारजनबाट सहयोग मिल्ने छ ।
कुम्भः– समयको महत्व बुझेर काम गर्न सकिएन भने पछि परिने छ । काम गर्ने सहज बातावरण बन्ने छैन । सवै काम मेहनतबाट मात्र बन्ने छन् । मनमा भय,त्रास उत्पन्न हुनेछ ।
मिनः– घर छोडेर बाहिर जाने अवस्था आउन सक्छ । कामको वीचमा दुविधा उत्पन्न हुन सक्छ । समयमा निर्णय लिन सकिएन भने अरुले फाइदा लिने छन् ।

0 comments
Write Down Your Responses