तीनवर्षअगाडि फेसबुकमार्फत् चिनेको युवती लाई एसिड प्रहार गर्ने सुनील के भन्छन त ? हेर्नुहोस
बुटवल, मेरो घरमा बाबाआमा हुनुहुन्छ । एउटी दिदी र एउटी बहिनी काठमाडौंमा बसेर पढ्छन् । मेरी श्रीमती आठ महिनादेखि माइतीमा बस्दै आएकी छिन् । साढे तीन वर्षअगाडि फेसबुकमार्फत म र तुलसा सापकोटा साथी बनेका हौँ ।कुवेतमा रोजगारीमा रहेका वेला उनी मेरो साथी बनेकी हुन् । कुवेतमा एक वर्ष बसेपछि म नेपाल फर्किएँ । उनीसँग भेट गर्न तीन वर्षअगाडि काठमाडौंबाट डिलक्स बस चढेर नारायणगढ आएँ । पहिला नै फोनबाट कुरा भएको थियो ।
आठ महिनादेखि मेरी श्रीमती माइतीमा छिन् । सम्बन्ध बिग्रेर हैन, पढ्न सजिलो हुन्छ भनेर उनी माइती बसेकी हुन् । म विवाह बन्धनमा बाँधिए पनि तुलसा र मबीचको सम्बन्ध झन् गहिरिँदै गयो । म गहिरो प्रेममा परेपछि उनले बेवास्ता गर्न थालिन् । पुनः उनले मसँग ब्ल्याकमेलिङ गर्न थालिन् । चार लाख रुपैयाँ दिनुपर्छ भनेर मानसिक तनाव दिन थालिन् । केही महिनाअगाडि मात्रै ४० हजार दिएको थिएँ । उनले तँसँग जीवन बिताउन सक्दिनँ भन्नेजस्ता अभिव्यक्ति दिन थालेपछि मैले उनको अनुहार ड्यामेज गर्ने सोचअनुसार एसिड हानेको हुँ । गुगलमा हेर्दा एसिडले असर गर्छ भन्ने फेला पारेको थिएँ । तर, सोचेजस्तो भएन । त्यसदिन नसामा मस्त भइयो । दुवै हात हालाहाल गर्ने तहमा पुग्यौ । सामान्य असर पुर्याएर सजिलै सजायबाट उम्किने सोच बनाएको थिएँ । तर, सोचे जस्तो भएन, पछुतो लागेको छ । नयाँ पत्रिका दैनिकमा खवर छ ।

0 comments
Write Down Your Responses