छिमेकी को ६ वर्षीय बालिका बलात्कारपछि हत्या गर्ने अपराधी यी नै हुन् ..हेर्नुहोस यसको व्यक्तिगत विवरण
चन्द्रौटा । छिमेकीकै अबोध बालिकाको करणीपछि हत्या गर्ने हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १०, प्रगतिटोल ‘बी’ बस्ने विनय कुँवरका १९ वर्षीय छोरा भिमबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । हत्यारा कुँवरले बालिकालाई जबरजस्ती
घटनाको गहन अनुसन्धान र संकलित सूचनाको आधारमा छिमेकी बिनय कुँवरका छोरा भिमबहादुर कुँवरलाई शब फेला परेको ३ घण्टामै पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐन जबरजस्ती करणी तथा ज्यान सम्बन्धी महल अनुसार जिल्ला अदालत कपिलवस्तुमा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यसअघि गत माघ २६ गते पकडीमा ५ जना युवाहरुले सामुहिक बलत्कार गरीएको घटना संलग्नमध्ये पक्राउ परेका दुई अभियुक्तलाई समेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो । यसैबीच जिल्लामा एक साता यता दुईवटा जबरजस्तीकरणीका घटना सार्वजनिक भएपछि जिल्लाका अधिकारकर्मी आन्दोलित भएका छन् । आन्दोलित अधिकारकर्मीले महिला सुरक्षाको माग र जबरजस्ती करणी समबन्धी कानुनमा हदैसम्म कारबाहीको मागका लागि ऐन परिमार्जनको माग गर्दै आन्दोलनमा उत्रिए । जिल्ला सदरमुकाम तौलिहवाको गौढीचौकदेखि प्रशासन चौकमा पुगेर प्रशासन गेटमा नाराबाजी गरेका थिए । आन्दोलित अधिकारकर्मीले प्रजिअ बिष्णुप्रसाद ढकाल मार्फत महिला सुरक्षा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझदै प्रजिअ ढकालले प्रहरीले अनुसन्धान र कारवाही अगाडि बढाएको बताउँदै दोषीले उन्मुक्ति नपाउने प्रतिबद्धता जनाएका थिए ।-नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

0 comments
Write Down Your Responses