हेर्नुहोस तपाईको दैनिक राशिफल , मिति २०७३ साल फागुन ४ गते बुधबार,२०१७ फेब्रुवरी १५ तारिख
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शत्रुपक्ष सबल रहलान । सामाजिक कार्यमा जुट्ने अबसर प्राप्त हुनेछ । प्रतियोगितात्मक कार्यमा अगाडि नबढेकै बेश हुन्छ । स्वास्थ्य सम्बन्धी समस्याले सामान्य खर्च गराउला । निर्णय गर्ने क्षमतामा कमी आउला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफूभन्दा सानाको सहयोगबाट गरिएका कार्यहरु सफल रहने छन । आम्दानिका नयाँ श्रोतहरु फेला पर्ने छन । मनोरन्जनात्मक कार्यमा समय ब्यतित रहने छ । मानसिक चिन्ताले सताउन सक्ने छ । विद्यामा सफल रहला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो बल पराक्रममा बृद्दी हुनेछ । विश्वासिला ब्याक्तिहरुबाट धोका हुनाले कार्य सम्पादनमा झन्झट पैदा हुनेछ । छोटो यात्राको अवसर प्राप्त हुन सक्नेछ । सामान्य अप्जस भोग्नुपर्ला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे खानपानमा विशेष साबधानी अपनाउनुहोला । कुलकुटुम्भको साथ सहयोग द्वारा गरेका कार्यमा सहजता प्राप्त हुनेछ । स्थिर सम्पत्तीमा ह्रास आउने छ । बाणीमा साबधानी अपनाउनुपर्ने देखिन्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो शारिरिक आलस्यताले सताउन सक्छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । दाम्पत्य सम्बन्धमा उतार चढाब आउला । नजिकका साथीसँग मनमुटाव हुन सक्छ सावधानी रहनुहोला । तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते तत्कालै आर्थिक अभावको सामना गर्नु पर्नेछ । अनुसन्धान मुलक कार्यमा समय ब्यतित रहने छ । दिदी-बहिनीको साथ सहयोगबाट बिशेष फाईदा मिल्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउला । प्रतिश्प्रधात्मक कार्यमा तपाईको खुबी अब्बल रहने छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु नसोचेको रुपमा आकस्मीक धनप्राप्त हुनेछ । मित्रजनहरुको अधिकरुपमा सहयोग प्राप्त हुनेछ । बिद्वत ब्याक्तिहरुको समागमले बौद्दिक विकासमा मद्दत पुग्नेछ । रमाईला कार्यमा दिन ब्यतित गर्न पाउदा आफ्नो मन प्रशन्न रहला । साझेदारी कार्यमा सजग रहनु पर्ने देखिन्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे तपाईको परिश्रमको प्रतिफल गैह्र ब्याक्तिहरुलाई सहजै प्राप्त हुनेछ । मान्यजनको साथ सहयोग प्राप्त हुनेछ । सभा सम्मेलनमा सहभागीहुने प्रवल सम्भाबना छ । विद्या क्षेत्रमा भने अलि बढी मेहनत गर्नुपर्ने देखिन्छ । प्रतिपक्षहरु अलि बढी सबल रहलान ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि अपजसको सामना बढी आँउदा मानसिक तनाबको पीर बढी खेप्नु पर्ने छ । यात्राको क्रममा जटिल समस्या आईपर्ला । धनमालको दुरुपयोग हुने सम्भाबना अधिक छ । नजिकको ब्याक्तिहरुबाट सामान्य धोकाहुन सक्ने छ । आफ्नो ब्याक्तित्वमा आँच आउन सक्ने छ सजग रहनुहोला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द मनमा अनावश्यक कुबिचारहरुले बास गर्नेछन । चोटपटकको समय छ सचेत रहनुहोला । थालिएका कार्यहरु पुरागर्न बढी परिश्रम खर्च गर्नुपर्ला । आफ्नो बोलीको कारणबाट आफन्तजनहरु टाढीनेछन ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि दाम्पत्य सम्बन्धमा सुधार आउने छ । शुभः समाचार सुन्न पाईने छ । ब्यापार ब्यबसायको क्षेत्रमा साबधानी अपनाउनुहोला । जीवनसाथीको सहयोगमा गरिएका कार्यहरु सफल रहलान । बोलीमा बिशेष प्रभुत्व रहने देखिन्छ ।

0 comments
Write Down Your Responses