दुबई मा चटपटे बेचेर मासिक ३० हजार कमाइ गर्ने नेपालि चेलीको कहानी ..पुरा पढ्नुहोस !
१ फागुन, युएई । आफूले काम गरिरहेको कम्पनीले कामदार सप्लाई गर्न नसकेपछि दमक झापाकी तारा पोखरेललाई संकट आइलाग्यो । केही वर्ष परदेशमा दुःख गरेर परिवारको आर्थिक अवस्था दरिलो बनाउने सपनासहित दुबई आएकी पोखरेलले ऋण तिरी नसक्दै नेपाल फिर्नुपर्ने भयो ।
तैपनि ताराले हिम्मत हारिनन् । उनले कम्पनीका मालिकलाई आफ्नो समस्या बताइन् । कम्पनी मालिक अलि उदार परेछन् र उनले दुबईमै नयाँ काम खोज्ने समय पाइन् ।नयाँ कामको खोजीमा ताराले निकै दौडधुप गरिन् । आफन्त र साथीभाइलाई गुहारिन् । कामको खोजीमा उनले तीन महिनासम्म पाउनुसम्मको दुःख पाइन् ।
काम खोज्ने क्रममा कहिले अबुधाबी त कहिले सारजहासम्म धाउँदा उनी थप ऋणमा डुबिन् । त्यसै बेला बिरामीले गर्दा ओछ्यानमै थला परेर १० दिनसम्म कष्टकर समय गुजारिन् ।
महिनाका चारवटा शुक्रबार व्यापार गर्दा औसतमा एक हजार दिराम्स (करिब ३० हजार रुपैयाँ) कमाइ हुने उनले जानकारी दिइन् । एक सय पचासजतिको सामानबाट निर्मित चटपटे बेच्दा कुनै दिन पाँच सय दिराम्ससम्म बिक्री भएको उनले अनुभव सुनाइन् । यसरी खुल्ला एरियामा बेचबिखन गर्न धेरै समस्या भए पनि उनी सतर्क भएर नेपाली चटपटे पारखीहरुको सेवा गरेको बताउँछिन् । फुर्सदको समय मनोरञ्जनमा बिताउनुभन्दा भविश्यका लागि बचत गर्न आफूलाई चटपटेको व्यापारले सहयोग गरेको बताइन् । उनले एकजना सामान्य मजदुरले एक महिनामा कमाउने पैसा चारवटा शुक्रबार चटपटे बेचेरै कमाउने गरेको जानकारी दिइन् । दुःखपछि सुख आउँछ भनेझैं उनले एउटा गुजराती डाक्टरको परिवारमा हाउसमेडका रुपमा काम पनि पाएकी छिन् । शनिबारदेखि बिहीबारसम्म आफ्नो नियमित काम गरेर हप्तामा एक दिन चटपटेको व्यापार गर्दा जागिरबाट प्राप्त रकम बचत भएको छ ।
दुबईमा ‘चटपटेवाली’का रुपका आफ्नो सर्कलमा परिचित पोखरेल आफ्नो काममा गर्व गर्दै भन्छिन्, ‘मैले इज्जत बेचेको होइन, चटपटे बेच्दा किन लजाउनू ?’ काम खोज्नमा झापाली समाजका उपाध्यक्ष दीपक बस्नेत र उर्मिला बस्नेतले गरेको सहयोगको उनले खुलेर चर्चा गरिन् । मासिक एक हजार सात सय दिराम्समा काम सुरु गरेकी उनले बिदाका दिनमा चटपटेको ब्यापार गरेको कामबाट प्रभावित भएर मालिकले मासिक ३ सय दिराम्स तलब बढाएको उनले सुनाइन् । ताराको कामप्रतिको लगाव देखेर अहिले उनका स्पोन्सरले दुई हजार पाँच सय दिराम्स -करिब ७५ हजार रुपैयाँ) तलब दिने गरेको पोखरेलले जानकारी दिइन् । दुबईमा ‘चटपटेवाली’का रुपका आफ्नो सर्कलमा परिचित पोखरेल आफ्नो काममा गर्व गर्दै भन्छिन्, ‘मैले इज्जत बेचेको होइन, चटपटे बेच्दा किन लजाउनू ?’ काम गरेर खान लाज नमान्ने पोखरेललाई चटपटेको व्यापार गर्न नरमाया लक्सम, चाँदनी आँशु, रेनुका सुब्बा, मीना तामाङ, दीपक बस्नेत, पारस लामा लगायत धेरैले सहयोग र प्रेरणा प्रदान गरेको ताराले अनलाइनखबरलाई बताइन् ।

0 comments
Write Down Your Responses